छ महिनामा कमाएको दुई अर्ब ३५ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा
काठमाडौ । एनएमबी बैंकको खुद मुनाफा बढेको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ३५ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४५ दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैंयाँ रहेको थियो।
हाल चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा दुई खर्ब ४६ अर्ब ४६ करोड ७३ लाख २९ हजार रुपैंयाँ निक्षेप संंकलन गरी दुई खर्ब १८ अर्ब ८१ करोड ६६ लाख ९३ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार अर्ब २५ करोड ३२ लाख ६६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७४ करोड दुई लाख ४६ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो।