काठमाडौँ । ६ दल सम्मिलित विपक्षी दलहरुले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको विपक्षी दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले सरकारले संसद् अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त वक्तव्य पढेर सुनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशन नबोलाएर संसदीय समितिमा छलफलमा रहेका विधेयक फिर्ता पनि नलिई गम्भीर प्रकृतिका कानुनहरू अध्यादेश जारी गर्ने कामप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
वक्तव्य मार्फत विपक्षी दलहरुले भनेका छन्, ‘सरकारको यो कदमबाट संविधानको मर्म र भावनामाथि प्रहार भएकोप्रति संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति प्रस्तुत गरेको हाम्रो ठहर छ ।’
साथै उनीहरुले सरकारले आफ्ना मागहरू पुरा नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

