मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

अवैध लागूऔषध सहित दुई जना पक्राउ

सोमबार, पुष २९ २०८१


काठमाडौं । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका–६ बस्ने २२ वर्षीय अर्जुन थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय १० मिलिग्राम सहित कैलाली गोदाबरी नगरपालिका–२ तेघरी बस्ने २१ वर्षीय कमल खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।