मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

थुनछेक बहस नभएपछि रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश

आइतबार, पुष २८ २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ ।

 

स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगको मुद्दामा आइतबार जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो ।

 

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

 

सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश दिएका हुन् ।