काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले एमालेको सदस्यबाट राजिनामा दिएका छन् । उनीहरूले एमालेभित्र आफूहरू अपमानित भएकाले नेकपा एमाले सदस्यबाट राजिनामा दिएको जनाएका छन् ।
तत्कालीन नेकपा भंग भएर एमालेमा नै रहेका पूर्वमाओवादी पृष्ठभुमि रहेकाहरुले राजिनामा दिएका हुन् । नगर अध्यक्षलाई सम्बोधन गरेको सामुहिक राजिनामा एमालेको निति अन्य पाटिका कार्यकर्ता एमालेमा भित्राउने भएपनि महासचिव तथा अन्य केहि नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेकोले राजिनामा दिन बाध्य भएको उल्लेख छ।
