मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सांसद ढकाल र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे बिच भेटवार्ता

शुक्रबार, पुष १९ २०८१

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसंग बिहिबार भेटवार्ता गरेका छन्।

काठमाडौको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्व राष्टपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गर्नु भएकोमा धन्यवाद समेत दिए । भेटमा दूई देशको आपसी हितको बारेमा पनि छलफल भएको भेटका सहभागी नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल जानकारी दिए । सांसद ढकाल प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत हुन्।