मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पहिलो नेपाली महिला राजदूत शाहको निधन

बिहिबार, पुष १८ २०८१

काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन्।