काठमाडौँ । भाइरल बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो ।
उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए । त्यस्तै हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।