मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबिच भेटवार्ता

बुधबार, पुष १७ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा बामदेव गौतम मिसिने चर्चाबिच माधवकुमार नेपाल र वामदेव गौतमको भेटवार्ता भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादी पाटि कार्यालय आलोकनगरमा भएको भेटवार्तामा अध्यक्ष नेपालसहित उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालगायत रहेका छन् ।

यसअघि पुस ४ गते गौतम निवासमा नेपाल र गौतमबिच वार्ता भएको थियो भने पुस १५ गते एकीकृत समाजवादीको कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा अभियानका तर्फका नेताहरूको व्यवस्थापनबारे छलफल भएको थियो ।

वामदेवलाई अध्यक्ष माधव र सम्मानित नेता झलनाथ खनालपछिको वरियतामा बरिष्ठ नेताको हैसियतमा एकीकृत समाजवादीमा भित्र्याउन सहमति जुटिसकेको भए पनि अन्य नेताको व्यवस्थापन मिलाउन बाँकी रहेको जनाइएको छ ।