काठमाडौं । गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न हेटौंडामा चितवन राष्ट्रिय निकुञ्जको टोलीले गोली चलाएको छ ।
गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ। खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दैइमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेका हुन्।
निकुञ्जमा कार्यरत सेनाको टोलीले हवाई फायर गरि एकजना तस्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय भने खुलाइएको छैन।