मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

मंगलबार, पुष ९ २०८१

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-१० सिसैया बस्ने बिक्रम बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय हर्क बहादुर साउद समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ४ सय २२ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।