काठमाडौं । सामाजिक उत्तर दायित्वलाई आफ्नो मुल मर्म बनाउदै आएको यस रुट्स फेसन प्रालिले यस बर्ष पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न सामाजिक संस्थासंग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ।
बिगतमा पनि बिभिन्न सामाजिक संस्थासंग सहकार्य गर्दै साहारा बिहीनहरुका लागि थोरै मात्रामा भएपनि हातेमालो गर्दै आएको थियो । सिएनएन हिरो अनुराधा कोइराला, अल्ट्रा धावक हरिबहादुर रोकायाले संचालन गरेको अभियानमा समेत हातेमालो गर्दै आएको थियो।
यस पटक पनि यस रुट्स फेसन प्रा.लिले तीन वटा सामाजिक संस्थालाई सहयोग गर्ने उदेश्य लिएको छ । यस रुट्स फेसन प्रालि अन्र्तगत एडिडासको नेपालकालागि आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको छ । यस प्रा.लिले दरवारमार्ग, जावलाखेल, न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट संचालन गर्दै आएको छ।
तीन वटा सामाजिक संस्थासंग सहकार्य गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयां जुत्तामा छुटको अफर) घोषणा गरेको छ । जस अन्र्तगत १२९९० सम्मका जुत्तामा ३ हजार छुट, १२९९० देखि २२९९० सम्म पर्ने जुत्तामा ४ हजार ५ सय छुट, २२९९० भन्दा माथिको जुत्तामा ७ हजार ५ सय छुट दिने घोषणा गरेको छ।
यो योजना अन्र्तगत राजधानीमा रहेको एडिडासको आधिकारिक सो रुममा यो अफर लागू हुने पनि रुट्स फेसन प्रा.लिले जनाएको छ । जुनसुकै ब्राण्डको पुरानो जुत्ता ल्याएर अफरमा सहभागी बन्न पनि कम्पनीले आग्रह गरेको छ।
यसरी संकलन भएको पुराना जुत्ता तथा नगद ती तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ । यो योजना डिसेम्वर २५ देखि २०२५ जनवरी २४ सम्म संचालन हुने छ।