काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले भारतका लागि डा शंकर प्रसाद शर्मा तथा मलेसियाका लागि डा नेत्र प्रसाद तिम्सिना नेपाली राजदूत नियुक्ति गरेका हुन्।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उनीहरुलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।