धनकुटा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका–३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लिला बहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लिला बहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।