बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेको डाटा सेन्टरमा समस्या

बुधबार, चैत्र १३ २०७५

काठमाडौं चैत, १३–
नेप्सेका अनुसार आज ब्रोकर प्रणाली (टिएमएस) होस्टिङ भएको डाटा सेन्टर को राउटर मा समस्या आएकोले सम्पुुर्ण ब्रोकरहरुले प्रणालीमा लग ईन गर्न नसकेर सेयर कारोवार अवरुद्ध भएको छ । सो अनुुरुप एक बजेर ४२ मिनेट जाँदा अबरुद्ध भएको नेप्सेको नियमित कारोबार कक्ष अहिले यो समाचार तयार पार्दाको अवधिसम्म अर्थात अपरान्ह चार बजेर २३ मिनेट जाँदासम्म पनि नेप्सेको नियमित कारोवार कक्ष खुल्ला रहेको छ । 
अझै कतिसम्म खुल्ला रहन्छ, चार बजेसम्म सिस्टम तयार भएपछि मात्र भन्न सक्छौं, नेप्सेका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिहं साउदले भने । अवरुद्ध भएको समय थप गरिने र चार बजेपछि पनि केही समय कारोबार खुला हुुने साउदले बताए । यो समाचार तयार पार्दाको अवधिसम्म नेप्सेको एक सय ५१ कम्पनीहरुको चार हजार ३४ वटा कारोबारमा ११ लाख २२ हजार नौ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको र कारोबार रकम २६ करोड ४० लाख १३ हजार पाँच सय १५ रुपैयाँ पुुगेको देखिएको छ । 
यसबीचमा नेप्से सुचक ११ सय ४० दसमलव ७१ अंंकमा पुुगेको देखिएको छ भने सेन्सिटिभ इन्डेक्स दुुई सय ४२ दशमलव ७१ अंकमा पुुगेको देखिएको छ ।