मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, मंसिर ३० २०८१

सल्यान । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका–४ बस्ने १९ वर्षीय चन्द्र बहादुर परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

परियारले ती बालिकालाई वनगाड कुपिण्डे नगरपालिका–१ सल्लिबजारको माथिल्लो बजारस्थित गुईयखोलाको बनमाराको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।