मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न अदालतको आदेश

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।