बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वैशाख पहिलो सातादेखि पाइपबाट इन्धन आपूर्ति गरिने

शुक्रबार, चैत्र ८ २०७५

बारा चैत, ८–
बहुप्रतीक्षित मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति बनेको आजको नागरिकमा खबर छ । 
निकुञ्जको नौ किलोमिटर क्षेत्रको रुख कटान गरी पाइपलाइन बिछ्याउने काम सुरु भइसकेको र वैशाख पहिलो हप्ता निर्माण सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन् । 

आयोजना प्रमुख प्रदिप यादव भन्छन्, ‘पाइपलाइनको ८० प्रतिशत काम सकिएको छ । बाँकी रहेको पाइप बिछ्याउने कार्य एक महिनाभित्रमा पूरा हुन्छ ।’