काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच बैंकले दर्ता गरेका नेपाल पे मर्चेन्टहरुको क्युआर मा अली पे को नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ।
विशेष गरी चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यु आर तथा यसका इन्टरपरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । अली पे को नेटवर्क अली पे चाईना, ओसिबिसी, चाङगीपे, जिक्यास, अली पे एच के, हाई पे, काकाओपे, टोस पे, नाभिर पे, टिएनजिडी, पिबीबी, ट्र मनी, एमपे, टिनबाट मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ । यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकहरूलाई सहजता पु¥याउनेछ भने, यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउँनेछ।
यो सम्झौताले आगामी दिनहरुमा नेपालमा क्रस बोर्डर डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ । सिद्धार्थ बैंक र एनसीएचएलले संयुक्त रूपमा डिजिटल भुक्तानीको पहुँच र उपयोगलाई देशव्यापी रूपमा विस्तार गर्न प्रतिबद्धता जनाएका छन्।