बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

२० करोडको सम्झौतामा पप्पु कन्स्ट्रक्सनले बनाएको पुलमा गाडी चल्न सकेन

सोमबार, चैत्र ४ २०७५

काठमाडौं चैत, ४–
चिनियाँ जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण भएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । 

२० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको छ । यो समाचार आजको नयाँ पत्रिकामा छ । 

६० मिटर लामो पुलको बीचको ३० मिटर खण्ड अड्याउन १५० एमएम रेडियसको १५ वटा लठ्ठा दुवैतर्फ तान्नुपर्ने ठेक्का सम्झौता भए पनि मापदण्डविपरित ५ एमएम कम रेडियस भएको लठ्ठा हालेको भेटिएको छ ।