बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेरिकामा ‘माउन्ट एभरेस्ट’ नामका दुई सडक

मंगलबार, फाल्गुन २८ २०७५

काठमाडौं फागुन, २८–
अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नाकाकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ ।

न्यूयोर्क राज्य सरकारले एक कार्यक्रमको आयोजना गरी नेपालको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेस्ट वे नामाकरण गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नामकरण कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डा. अर्जुन कार्की र काउन्सिल म्यान कोस्ट कोन्स्टीडिनेजले संयुक्त रुपमा उद्घाटन गरे ।