काठमाडौं । नेपाल बैंक लिमिटेड र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिबिच सम्झौंता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई नयाँ बानेश्वरमा रहेको एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्वन्धी सम्झौता भएको हो।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिको तर्फबाट बजारीकरण प्रबन्धक सन्जीब कुमार ठाकाुरले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले क्लिनिकबाट प्रदान गरिने आई सर्जरी, मिनर इन्भेष्टीगेशन, अप्टिकल लेन्स, फ्रेम्स र उपचार जस्ता आँखा सम्बन्धिसंग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।