काठमाडौं । जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–८ पाँगा बस्ने ३५ वर्षीय रामचन्द्र केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–८ पाँगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।