काठमाडौं । संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न सभामुख देवराज घिमिरेले समिति सभापतिहरुलाई निर्देशन दिएका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन यस्तो निर्देशन दिएका हुन्।
बैठकमा अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले गुनासो गरेका थिए।
बैठकमा कानुनमन्त्रीसहित उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी थिए।