काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ झण्डा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ४६ हजार ५ सय ५ रूपैयाँ सहित भोजपुर हतुवागडी गाउँपालिका–७ बस्ने २३ वर्षीय समुथल राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ आउँदै गरेको को.१ ह ९३३० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीको दुहबी नगरपालिका–५ फुटबल चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय २० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय हेमनारायण यादव र सोही उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय विजय लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय दुहबी समेतबाट खटिएको प्रहरीले विराटनगरबाट दुहवीतर्फ आउँदै गरेको को.१८ प २२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
रूपन्देहीको मायादेवी गाउँपालिका–८ सुनारटोलस्थित सरस्वती घर्ती मगरको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका बस्ने १९ वर्षीय सागर कोईरी समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका–१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनहेरा सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय नरेश राना र २८ वर्षीय सेवाराम राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।