सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुनको भाउमा कीर्तिमानमाथि कीर्तिमान

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को कीर्तिमानमाथि कीर्तिमान बनिरहेको छ।

सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।