सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नेपाल लाईफद्धारा मेवा डेभलपर्समा ५० करोड लगानी

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा ५० करोड रुपैंयाँ लगानी गरेको छ । कम्पनीले मध्यमेवा हाइड्रोपावर परियोजना र सिवा खोला हाइड्रोपावर परियोजनामा रकम लगानी गरेको हो।

कम्पनीका अनुसार उक्त आयोजना विकासकर्ता मेवा डेभलपर्स लिमिटेडको ५० लाख कित्ता सेयर प्रतिकित्ता मूल्य एक सय रुपैयाँ रहने गरी लगानी गरिएको हो । लगानी सम्वन्धी सम्झौता यही कात्र्तिक एक गते भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार मध्य मेवा परियोजना ७३.५ मेगावाटको रहेको छ भने यो पूर्वी जिल्ला ताप्लेजुङमा निर्माण भइरहेको छ । यो पिकिङ रन अफ दि रिभर प्रकृतिको जलविद्युत् परियोजना हो । यसैगरी सिवा खोला हाइड्रोपावर पनि ताप्लेजुङमै निर्माणाधीन छ । यो ९.३ मेगावाट विद्युत् उत्पादन क्षमताको रन अफ रिभर प्रकृतिको परियोजना हो।