सर्लाही । लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित भारत सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलिया बस्ने २० वर्षीय शंकर रामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बीआर ३० टि ४०२५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक शंकरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।