सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्रको आवश्यकता के हो ? नेकपा एमालेलाई राम्ररी थाहा छ : महासचिव पोखरेल

सोमबार, कार्तिक ५ २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले राष्ट्रको आवश्यकताको बारेमा नेकपा एमालेलाई राम्रोसँग थाहा भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले जनताको चाहना र राष्ट्रको आवश्यकताबारे नेकपा एमाले राम्रोसँग जानकारी रहेको बताएका हुन्।

 

‘नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभञ्ज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ’ उनले लेखेका छन्।

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा लिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन नछाडेपछि पोखरेलले यस्तो लेखेका हुन् ।