काठमाडौं फागुन, १७–
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पोखरा जानेभएका छन् । उनलाई सरकारले श्रद्धाञ्जली दिनका लागि पोखरा जान खटाएको हो ।
त्यस्तै, नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि पोखरा जान खटाएको छ ।
पोखराको रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् ।
मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ ।