शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक भिसा इन्टरनेसनलद्धारा सम्मानित

मंगलबार, असोज ८ २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्धारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एक्सीलेन्स इन न्यु पेमेन्ट फ्लोज इसुअर बाट सम्मानित भएको छ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । विगत ४ दशक देखि ग्राहकवर्गहरुलाई गुणस्तर सेवा दिदैं आएको एनआईएमबीले आगामी दिनहरुमा पनि ग्राहकवर्गहरुलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ।