बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोमबार दुई सय करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, फाल्गुन ५ २०७५

काठमाडौं, फागुन ५
नेपाल राष्ट्र बैंकले भोलि सोमबार दुई अर्ब रुपैयाँको  ट्रेजरी बिक्री गर्ने भएको छ । जारी मिती फागुन सात गते मंगलबार तोकेर उक्त परिमाणमा  ट्रेजरी  बिक्री गर्न लागेको राष्ट्र बैकले जनाएको छ । 
 ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनु पर्ने छ । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको उक्त टे«जरीको परिपक्व हुने मिती आगामी जेठ जेठ सात गते रहेको छ । यसअघि यही माघ २८ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई सय ५३ करोड रुपैयाँको  ट्रेजरी जारी गरेको थियो ।