बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीद्वारा पानी जहाज कार्यालयको उद्घाटन

बिहिबार, फाल्गुन २ २०७५

ललितपुर फागुन, २–
प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा  पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।  एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको हो । 

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।