बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गण्डकी विकास बैंकको सैनामैना शाखाको औपचारिक समुद्घाटन

बुधबार, फाल्गुन १ २०७५

काठामाडौ फागुुन, १–
गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले सो शाखाको औपचारीक उद्घाटन गरेका हुुन् । 
कार्यक्रममा मेयर कार्कीले गण्डकी विकास बैंकले क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बनोस भन्ने शुभकामना दिए । बैंकका अध्यक्ष शुशील गौचनकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोही नगरपालिका वडा नं. ५ का समाजसेवी जीवन ज्ञवाली तथा सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए भने बैंकका प्रबन्धक मिलन कुमार पुनले स्वागत मन्तव्य व्यक्त गरेका हुुन । 
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सि—आस्वा बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ । 
बैंकले आ.व. २०७५—०७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २६ अर्ब १९ करोड र कर्जा तर्फ २३ अर्ब ३८ करोड पु¥याएको छ । साथै  बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।