बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साली बलात्कार गर्ने भिनाजु पक्राउ

शुक्रबार, माघ २५ २०७५

काठमाडौं माघ, २५–
 साली बलात्कार गरेको अभियोगमा भिनाजु पक्राउ परेका छन्  । प्रहरीले १७ वर्षीया सालीलाई बलात्कार गरेको अभियोगमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई पक्राउ गरेको हो ।  काठमाडौं महानगरपालिका–१३ बाफल डेरा गरी बस्ने कार्की बिहिबार पक्राउ परेका हुन् । 
महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले  सर्लाही बलरा नगरपालिका–५ घर भइ बाफलमै  बस्ने किशोरीलाई बलात्कार गरेको खबर  पाए लगत्तै उनलाई पक्राउ गरेको हो । 
पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छ ।