काठमाडौं माघ, १८–
काठमाडौंको नागार्जुन नगरपालिका डाडाँपौवामा झुण्डिएर मरेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बिहिबार नागार्जुन नगरपालिका वडा नं.६ डाडाँपौवाको सामुदायिक वन भित्र पैयुको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई,नाम थर ,वतन नखुलेको, अन्दाजि वर्ष ४०/४५ की महिला झुण्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । प्रहरीले अनुसन्धानको सिलसिलामा निजको पहिचान हुन नसकेको हुँदा उनको हुलियासँग मिल्दो जुल्दो कोही कसैको एरीयामा मानिस हराएको भएमा महानगरीय अपराध महशाखा,टेकु वा महानगरीय प्रहरी वृत्त स्वयम्भूमा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।
उनीको रातो रंगको दुईवटा सुईटर,रातो पछ्यौरा,रातोमा हरियो कालो मिक्स भएको लुङगी लगाएकी र कपालमा रातो रंग लगाएकी,कानमा साना साना रिंग लगाएकी,साथमा नगद रु ४१,१५० रहेको तथा नाम थर वतन नखुलेकी अन्दाजी ४०/४५ बर्षको उमेरकी महिला रहेको प्रहरीले जनाएको छ ।
मृतक लाशको साथमा चावीको झुप्पा, सानो थैली र जुत्ता समेत रहेको प्रहरीले जनाएको छ ।