शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

निर्मला हत्या प्रकरणःएकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत

सोमबार, माघ १४ २०७५

vराष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परिक्षणको संकलन प्रक्रिया नै गतल रहेको जनाएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो ।

‘सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो । यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी संकलन गरी टेस्ट्युबमा राखदा पर्याप्त मात्रामा डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो ।

एकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत

सो हत्या प्रकरणमा संकलित प्रमाण संंकलित प्रमाण भेजिनल स्वाबको नमुना परिक्षणमा बाबुछोराको एकैपटक डिएनए परीक्षण गर्नु गलत भएको निष्कर्श आयोगको छ । 

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र उनका छोराको डिएनए एकैपटक परीक्षण गरिएको थियो । ‘बाबुछोराकै आपसमा नमिलेको भए त्यो परिवारको हालत के हुन्थ्यो होला ? त्यसकारण त्यो गलत भनिएको हो ।