काठमाडौं माघ, १४–प्रहरी प्रधान कार्यालयको पश्चिमतर्फ पनि १० तले अपार्टमेन्ट निर्माणको क्रममा छ । अपार्टमेन्टका कारण प्रहरीलाई समस्या हुने भन्दै रोक्न पत्राचारसमेत भएको थियो । आर्थिक समस्याले हाल सो अपार्टमेन्ट अलपत्र छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यसअघि नेपाली सेना र नेपाल प्रहरी मुख्यालयछेउमा निर्माण भएका अग्ला भवनबारे पनि विवाद भएको थियो । सैनिक मुख्यालयको छेउमा सिटिसी मल निर्माण गरिएको छ ।
हेलिप्याडसहितको सो मलका कारण कारागार र सैनिक मुख्यालयमा सुरक्षा जोखिम निम्तिने भन्दै सेनाले ध्यानाकर्षणसमेत गराएको थियो ।
देशका प्रमुख प्रशासनिक केन्द्र तथा भिभिआइपीका निवासआसपास भवन निर्माणसम्बन्धी स्वीकृति दिँदा सुरक्षा निकायको समेत राय लिनुपर्ने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।