काठमाडौं माघ, १३–
साताको पहिलो कारोबार दिन आज आईतबार नै सेयर बजार राताम्मै देखिएको छ । नेप्सेमा आज १० वटा समुहको कारोबार भएकोमा सबैको सुचक घट्दा बजार राताम्मै देखिएको छ ।
नेप्से सुचक आज १० दशमलव ६८ अंकले घटेर ११ सय ६२ दशमलव नौ अंकमा पुग्दा सेन्सिटिभ दुई दशमलव छ अंकले घटेर दुई सय ४६ दशमलव ५९ अंकमा पुगेको छ । आज एक सय ६४ कम्पनीहरुको छ हजार सात सय ३० वटा कारोबारमा ११ लाख ८५ हजार आठ सय ७२ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ३४ करोड तीन लाख ७१ हजार एक सय २७ रुपैयाँ पुगेको छ ।
आज वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ३९ अंकले घटेर ना सय ८८ दशमलव ६४ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचकपनि १० दशमलव तीन अंकले घटेर १४ सय ४९ दशमलव ४० अंकमा झरेको छ । जलबिद्युुत समुहको सुचक पनि १६ दशमलव ४१ अंकले घटेर १२ सय ३९ दशमलव ४१ अंकमा झरेको छ । यसैगरी आज लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि झरेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा समता माईक्रो फाईनान्स, कन्काई बिकास बैंक आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा छ्याङदी हाईड्रो पावर कम्पनी, जनता बैंकको संस्थापक सेयर आदि परेका छन् । यसैगरी रकम कारोवारका आधारमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल बैंक लगायतका कम्पनीहरु परेका छन् ।