बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चिकित्सा शिक्षा विधेयक पारित भएसँगै मूलुक मुठभेडतर्फ जाने संकेत

शनिबार, माघ १२ २०७५

काठमाडौं माघ, १२–प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत  नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गराएको हो । यसबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष दलको दूरी बढेको छ । यो समाचार नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।