काठमाडौं माघ, १०–
प्रभुु बैंकले नाफामा छलाङ मारेको छ । उत्कृष्ट व्यवस्थापनका कारण बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब चार करोड ३३ लाख ७७ हजार रुपैयाँ बितरणयोग्य मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ६० करोड ११ लाख दुुई हजार रुपैैयाँ रहेको थियो ।
चुक्ता पुंजी आठ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब चार अर्ब ९३ करोड ३२ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब १५ करोड ९८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब १५ करोड ७६ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव ४७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८६ अर्ब १४ करोड १० लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७७ करोड १६ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २१ करोड ७४ लाख ५७ हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुुपात चार दशमलव १२ प्रतिशत रहेको थियो ।