शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साविकको व्यवस्था जगाउने विधेयक संसदमा पेश गर्ने कोशी प्रदेश मन्त्रीपरिषद्को निर्णय

आइतबार, असार ३० २०८१

विराटनगर । काेशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने विधेयक संसदमा पेश गर्ने निर्णय गरेकाे छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आइतबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

सरकारले केचना-कञ्चनजंगा पर्यटन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गर्ने , पाथिभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१ र हलेसी महादेवस्थान विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गरेकाे छ ।

प्रदेश सरकारले “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यबिधि, २०८१” स्वीकृत गर्ने, “खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण सम्बन्धी कार्यविधि, २०८१” स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्भव अधिकारीले बताए ।