शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नारायणी नदिमा यात्रुवाहक सवारी साधन दुर्घटना, सशस्त्रको गोताखोरद्वारा उद्धार कार्य शुरु

शुक्रबार, असार २८ २०८१

काठमाडौं । भरतपुर महानगरपपालिका–२९ सिमलतालस्थित नारायणी नदिमा असार २८ गते बिहान अन्दाजी ३ बजे दुई वटा यात्रुवाहक सवारी साधन दुर्घटना भएको छ।

अविरल वर्षासँगै आएको पहिरोमा परी लामो दुरीमा चल्ने दुई वटा गाडी सो स्थानमा खसेको हो । पर्साको बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको माईक्रो र काठमाडौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस नदिमा बेपत्ता भएको हो।

दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित २५ जना सुरक्षा फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ।