शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

बिहिबार, असार २७ २०८१

काठमाडौं । आज बिहानदेखि अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा अवरुद्ध राजमार्गमा एकतर्फी सञ्चालनमा आएको हो।

आज बिहान पहिरोका कारण दुईतर्फी यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए। उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।