शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

बिहिबार, असार २० २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनु भएको छ ।

जारी महाधिवेशनमा झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले नेपाललाई अध्यक्ष र महासचिव दोहोर्याउने घोषणा गरेको हो । यस अघि पनि उहाँहरु सोही पदमा हुनुहुन्थ्यो ।

यस्तै झलनाथ खनाललाई पनि सम्मानित नेतामा सर्वसम्मत चयन गरिएको छ ।

अन्य बाँकी पदमा कसलाई चयन गर्ने भन्ने जिम्मा सचिवालयलाई दिइएको छ ।