काठमाडौं । बालुवाटार पुगेर एमालेका मन्त्रीहरुले राजिनामा बुझाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।