शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गृहमन्त्रीविरुद्धको मुद्दाको आज पनि भएन सुनुवाइ हेर्दाहेर्दैमा

मंगलबार, असार १८ २०८१

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको फैसला आज पनि हुन सकेन । सर्वोच्चले रबिको मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।

सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । उक्त दिन हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइको मिति आजलाई तोकिएकोमा आज पनि मुद्दा हेर्दाहेर्दैमा परेको छ । मुद्दाको सुनुवाइ अब भोलिलाई तय गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार अब सो मुद्दामा एकजनाको मात्र बहस बाँकी छ । रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।

सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र निलम्बन गरिनुपर्ने निवेदकको जिकिर छ।