शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी

सत्तारुढ दलका तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता

बिहिबार, असार ६ २०८१

काठमाडौैं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।

जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिा नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।

यता सहकारी संस्थाको बचत रकम अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी परेको मुद्दामाथि शुक्रबार सर्वोच्च अदालतमा पेशी छ ।

बजेट विनियोजनप्रति सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले असन्तुष्टि जनाइरहका छन् भने यता आज मात्रै प्रधानमन्त्री ‘प्रचण्ड’ ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए। संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैँलाई अपमान गरेको टिप्पणी गरेका थिए ।

यसै सेरोफेरोमा सत्तारुढ दलका तीन नेताहरूबीच छलफल चलिरहेकाले विशेष चासोका साथ हेरिएको छ ।