काठमाडौं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ६०, गोलभेँडा सानो टनेलको ३२ र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी आलु रातोको ५५, प्याज सुकेको भारतीयको ४८, बन्दा लोकलको ७०, काउली स्थानीयको ७०, अदुवाको ३०० रुपैयाँ कायम छ ।
