बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हिमालयन बैंकद्धारा बिराटनगर शाखा स्थानान्तरण

आइतबार, जेष्ठ २० २०८१

काठमाडौं । हिमालयन बैंकले बिराटनगर शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट जेष्ठ २० गते देखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याईएको हो ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बंैकका कोशी प्रदेशका प्रदेश प्रमुख श्री सन्तोष पराजुलीले बंैकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका हुन ।

हाल बैंकले नेपाल भरी फैलिएका एक सय ७४ वटा शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ वटा एटिएम काउन्टर, छ हजार पाँच सय भन्दा बढी पस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।